मुकेश अम्बानीकी पत्नी निता छिन् ब्यागको शौखिन, उनले बोक्ने हिरा जडित ब्यागको मूल्य सुनेर पर्नु हुनेछ चकित — OSNepal

मुकेश अम्बानीकी पत्नी निता छिन् ब्यागको शौखिन, उनले बोक्ने हिरा जडित ब्यागको मूल्य सुनेर पर्नु हुनेछ चकित

LC (KTM) June 13, 2021 0

विश्वका अर्बपति तथा भारतका सबैभन्दा धनी मुकेश अम्बानीकी पत्नी तथा रिलायन्स कम्पनीका अध्यक्ष निता अम्बनी चर्चामा आइरहने गर्छिन । विश्वका अनेक महंगो ब्रान्डमा सामान उपयोग गरेको विषयमा बढी चर्चामा आउने उनी पुनः चर्चामा आएकी हुन् । यसको खास कारण भने उनले बोकेको ब्याग रहेको छ ।

अम्बानीले बोकेको ब्यागमा करिब २ सय ४० वटा हिरा जडित रहेको छ । हिरा जडित यस ब्यागको मूल्य करोडौ रहेको जनाएको छ । हर्मिस हिमालय बिर्किन कम्पनीले बनाएको ब्यागको मूल्य ४ करोड १६ लाख नेपाली रुपैयाँ रहेको समाचार जनाएको छ ।नयाँ पत्रिकामा खबर छ ।

सुन र हिराबाट बनेको ब्याग बोकेकी अम्बानीले सबैको ध्यान तान्न सफल भएकी छन् । उनले बोकेको ब्यागमा १८ क्यारेक्टरको सुनसमेत जडित रहेको जनाएको छ । फोटोमा अम्बानीसहित अभिनेत्री करिना कपुर र करिस्मा कपुर रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर