ललितपुर महानगरमा प्रमुखमा एमाले र उपप्रमुखमा एमालेको अग्रता — OSNepal

ललितपुर महानगरमा प्रमुखमा एमाले र उपप्रमुखमा एमालेको अग्रता

LC (KTM) May 20, 2022 0

ललितपुर- ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता कायम रहेको छ । प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा मञ्जली शाक्यको अग्रता रहेको छ । पघिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले २१ हजार ७०० र उहाँका निकटतम प्रतिष्पर्धी एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार १४९ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले ११ हजार ९६५ मत र उहाँका निकटतम प्रतिष्पर्धी नेकपा (माओबादी केन्द्र) का बाबुराजा बज्राचार्यले आठ हजार ४२६ मत पाउनुभएको छ । हालसम्म १३ वटा वडाको मत गणना हुँदा आठ वडामा अध्यक्ष कांग्रेसका उम्मेदवार विजयी भएका छन् । एमाले र नेकपा (एकीकृत समाजबादी)का दुईदुई र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसबाट नं ४ मा सञ्तोष खड्का, ६ मा रुपेन्द्रराज शाक्य, ७ मा कुलबहादूर महर्जन र ८ मा बाबुरत्न महर्जन, ९ मा राजु महर्जन, १० मा रबिन ब्यञ्जनकार, ११ अरोजकुमार खड्की र १४ मा अमृतजङ्ग महत विजयी हुनुभएको छ । वडा नम्वर २ मा एकीकृत समाजबादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी हुनुभएको छ । वडा नम्वर एकमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नम्वर ५ मा एमालेका विकासमान श्रेष्ठ र १२ मा नारायणलाल अवाले विजयी हुनुभएको छ । हाल वडा नम्वर ९, ११ र १२ को गणना जारी छ ।

महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म १३ वटा वडाको मात्रै परिणाम आएको छ । शुक्रबार मतदान भएकोमा शनिबारदेखि मतगणना शुरु भएको थियो । शुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल चार वडाको एकै पटक गणना भइरहेको छ । हाल वडा नम्वर १३, १५, १६ र १७ को गणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर