काठमाडौँ महानगरको कोरोना विरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन – OSNepal

काठमाडौँ महानगरको कोरोना विरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन

LC (KTM) May 27, 2022 0

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरले यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मोडर्ना र फाइजर खोप दिइनेछ । महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर मात्रा र खोप लगाउन छुुुटेकालाई पहिलो र दोस्रो मात्रा खोप लगाउन थालेको हो ।

बुस्टर र दोस्रो मात्रा खोपका लागि यसभन्दा अगाडि खोप लगाएको कार्डका आधारमा र पहिलो खोप उमेर खुल्ने कागजातका आधारमा लगाइने उहाँले बताउनुभयो । खोपका लागि महानगरले ३२ वटै वडामा रहेको सामुदायिक शहरी स्वास्थ्य क्लिनिक तथा तोकेको खोप केन्द्रमा गई खोप लगाउन सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर