आज पनि कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिकाको टुंगो लगाइने — OSNepal

आज पनि कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिकाको टुंगो लगाइने

LC (KTM) June 18, 2021 0

काठमाडौँ ४ असार । नेपाली कांग्रेसको आज पनि केन्द्रिय कार्यसमितिको बैठक बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भएको हो । हिजो देखि सुरु भएको बैठक आज पनि जारी हुने भएको हो ।

पार्टीको १४ औँ महाधिवशेनको कार्यतालिका हिजोको बैठकमा छलफल भएको थियो । आज त्यही कार्यतालिकालाई निणर्य गरी महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निणर्य गरिने बताइएको छ । कृयाशील छानविन समितिले आजबाट प्राप्त उजुरीउपर छलफल सुरु गर्ने भएको छ ।

कृयाशील छानविनको लागि असार ६ गते सम्मको समय निर्धारण गरिएको छ । कृयाशील सदस्यता १ सय ६५ निर्वाचन क्षेत्रबाट इन्ट्री गर्नुपर्ने भएपनि हालसमम्म १ सय ४९ स्थानको मात्र इन्ट्री गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर