जसपा पार्टी अब कसको यादव कि ठाकुरको ? — OSNepal

जसपा पार्टी अब कसको यादव कि ठाकुरको ?

LC (KTM) June 18, 2021 0

काठमाडौं ४ असार । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्धयको विवादको कारण जसपा कसको भनेर टुंगो नलागिसकेको अवस्थामा उपेन्द्र यादव समुह समुह पार्टीको आधिकारिकता दावी गर्न फेरि निर्वाचन आयोग जाने भएको छ ।

यता , महन्थ ठाकुर समुहले भने कार्यकारिणी समितिमा २० जना थपेर आफ्नो पक्षमा बहुमत पुर्याउन लागि परेका छन् । ठाकुर समुहका नौ जना सरकारमा प्रवेश गरेसँगै विवादले उत्कर्ष लिएको जसपामा एक हुने अवस्था भने अब नेकपा एमालेको जति पनि नभएको देखिएको छ । आफ्नो पार्टी फुटाएर सत्तामा बसिरहेका प्रधानमन्त्री केपी ओलीले सरकार टिकाउन कै लागि जसपालाई पनि फुटाएको आरोेप ओलीमाथि लाग्दै आएको छ ।

सरकारमा गएको कारणले नै गर्दा यादव पक्षले हिजो मात्रै नौ जनालाई पार्टीबाट निष्काशन गरेको छ , भने पार्टीको आधिकारिकताको लागि आयोग जाने भएका छन् । अहिलेको अवस्थामा कार्यकारिणी समितिमा उपेन्द्र यादव बहुमतमा छन् । तर, थपिएकालाई समेत आधिकारिक मान्ने हो भने ठाकुर बहमुतमा पुग्छन् । अब थपिएकाले मान्यता पाउने हो या होइन भन्ने चासोको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर