काठमाडौं २८ असार । जनता समाजवादी पार्टी ९जसपा० का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले अब दुई विकल्प रहेको बताएका छन् । भट्टराई पक्षको बैठकमा उनले राजनीतिक प्रतिवेदन पेश गर्दै अब पार्टी पुनर्गठन अनिवार्य भएको बताएका हुन् ।
जसपाको वैधानिक बहुमत आफूहरुसँग रहने वा नरहने निर्वाचन आयोगको प्रक्रियाले टुंगिने बताएका उनले अबको बाटोबारे दुई विकल्प अघि सारिएको बताएका छन् ।
‘दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ ।’ उनले भने ।
पार्टी पुनर्गठन के कसरी गर्ने भन्ने ठोस निर्णय विस्तारित बैठकले गर्ने बताएका उनले पहिलो नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाइने बताएका छन् ।
उनको दोस्रो विकल्प भनेको विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसंग सहकार्य, ध्रुबीकरण, एकीकरण गर्दै जाने ।
बैठकले निकालेका निष्कर्षको आधारमा आफुहरुले पुनर्गठित पार्टीको घोषणा–पत्र, विधान, नियमावली र आचारसंहिता निर्माण बताएका उनले सोही बमोजिम यसलाई वैधानिकता दिने प्रक्रिया पूरा हुन बताउका छन् ।