घट्यो सुनको मूल्य — OSNepal

घट्यो सुनको मूल्य

LC (KTM) July 13, 2022 0

काठमाडौँ- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार १७० तोकिएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर