दर्शकलार्ई सँधै भगवान मान्छु भन्ने पूजाले दर्शकलाई नै थर्काएपछि... — OSNepal

दर्शकलार्ई सँधै भगवान मान्छु भन्ने पूजाले दर्शकलाई नै थर्काएपछि…

LC (KTM) July 18, 2022 0

काठमाडौं  :

नायिका पूजा शर्मा यती बेला विवादमा तानिएकी छन् । विबादमा तानिनुको कारण हो दर्शकले आफ्नो नाममा नारा नलगाएर आकाशको नाममा मात्रै नारा लगाउनु । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सम्झना बिर्सना’ को प्रतिक्रिया बुझ्न शनिवार दिउँसो बालाजुको अष्टनारायण हलमा पुगेका थिए आकाश र पूजा ।

सोही समय पूजा आफ्नो नामको नारा नलगाएको भन्दै उनले दर्शकसँग आक्रोश पोखेकी हुन् । दर्शकले अभिनेता आकाश श्रेष्ठको मात्र नारा लगाएपछि , उनले दर्शकलाई यो फिल्म दुवैको हो एक जनाको मात्र हैन भनेर थर्काएकी थिइन् ।

त्यसपछि फ्यानले मन नलागी नलागी पूजाको नाम लिन बाध्य हुन्छन् । पूजाको आक्रोश पछि दर्शकले मन लागि नलागी पूजाको नाममा पनि नारा लगाएको भाइरल भिडियोमा देख्न सकिन्छ। पूजाको आक्रोशपछि आकाशले भने नम्र स्वरमा सबैलाई सम्मान गर्नुपर्छु भनेर सम्झाएका थिए। दर्शकसँग आक्रोश पोखेर पूजा अष्ट्रेलिया उडिन्। यता उनको फिल्मले पोस्टरको पैसा समेत उठाउन सकेन। केहिदिन अघिसम्म आफूले अभिनय गरेको फिल्मको निर्माता नरुवाउने बताउँदै आएपनि उनको यो भनाको असर फिल्ममा परेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर