देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि यो निर्वाचन प्रणालीले जनतालाई अनुभूति गर्न दिएन: प्रचण्ड — OSNepal

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि यो निर्वाचन प्रणालीले जनतालाई अनुभूति गर्न दिएन: प्रचण्ड

LC (KTM) July 25, 2022 0

काठमाडौं ९ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने बताएका छन् । सोमबार स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

यो चुनाव प्रणालीले गणतन्त्रसँगै देशलाई नराम्रो भुमरीमा पारी भड्खालो मै लैजाने बताएका उनले भने , ‘अब यो चुनाव प्रणालीले हाम्रो गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमै लान्छ ।’

गाउँपालिकामा १० करोड खर्च गरेर चुनाव जितियो भन्ने कुरा सुनिएको बताएका उनले यही प्रणालीबाट संघको चुनावमा जाने हो भने चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति आएको प्रचण्डको भनाइ रहेको छ ।

गरीबले चुनाव जित्नु त सपना जस्तो भएको बताएका उनले भने, ‘गाउँपालिकाको चुनाव जित्न १० करोड खर्च गरेको सुनिन्छ । अब त संघको चुनावका लागि अर्ब चाहिने भयो,गरीबले चुनाव जित्नु त सपना जस्तो भयो । अब त दलालहरू आउने भए ।’

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि यो निर्वाचन प्रणालीका कारण जनताले अनुभूति गर्न नपाएको बताएका उनले । गणतन्त्र पनि जनताको नभई बुज्रुवाको हुने हो कि भन्नेमा शंका रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर