शर्मालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति गरेर देउवा र प्रचण्डले जनताको संवेदनशीलतामाथि अपमान गरे : उपमहासचिव ज्ञवाली — OSNepal

शर्मालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति गरेर देउवा र प्रचण्डले जनताको संवेदनशीलतामाथि अपमान गरे : उपमहासचिव ज्ञवाली

LC (KTM) July 31, 2022 0

काठमाडौं १५ साउन । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनार्दन शर्मालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति गर्नु जनताको संवेदनशीलतामाथि अपमान भएको टिप्पणी गरेका छन् ।

शर्मामाथि छानविन गर्न गठन भएको संसदीय समितिको एक सदस्य रहेका नेता ज्ञवालीले छानबिन नै अपुरो रहेको र गम्भीर आरोपमाथि पर्याप्त मात्रामा छानबिन हुन नसकेको भन्दै शर्मालाई पुन अर्थमन्त्रीमा नियुक्त गरेर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको संवेदनशीलतामाथि अपमान गरिएको बताएका हुन् ।

‘अनुसन्धानलाई गहिराईमा पुग्नै दिइएन र पर्याप्त मात्रामा टुल्सहरु प्रयोग गर्न नपाएकोले धेरै प्रश्नहरु नै अनुत्तरित छ,अनधिकृत व्यक्ति प्रवेश गरेको हो कि होइन त्यो अनुत्तरित छ । होइभन्ने आधारहरु छैन । अरु परिस्थितिजन्य कारणहरुले अनधिकृत व्यक्ति आएको हो भन्ने प्रस्टसँग देखिन्छ । त्यसका लागि प्रमाण नै चाहियो र थप अनुसन्धान जरुरी हुन्छ । गम्भीर प्रश्न उठिसकेपछि पनि फेरि सम्बन्धित पार्टी र प्रधानमन्त्रीले पुनस् त्यसी ठाउँमा फर्काउनु भनेको नेपाली जनताको संवेदनशीलतालाई अपमान गरेको ठान्दछु ।’ ज्ञवालीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर