बरिष्ठ संगीतकार रन्जित गजमेरलाई सम्मान गर्न अमेरिकादेखि नेपाल आए गायक शिवाकोटी, गजमेरलाई भेट्दा छन् खुशीले फुरुगं — OSNepal

बरिष्ठ संगीतकार रन्जित गजमेरलाई सम्मान गर्न अमेरिकादेखि नेपाल आए गायक शिवाकोटी, गजमेरलाई भेट्दा छन् खुशीले फुरुगं

LC (KTM) August 04, 2022 0

काठमाडौं। बरिष्ठ संगीतकार रन्जित गजमेरलाई काठमाडौँमा सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनको संयुक्त आयोजनामा बुधबार अपराह्न्न काठमाडौंको होटल ऱ्याडिशनमा नेपाली चलचित्र संगीतका शिखर व्यक्तित्व गजमेरलाई सम्मान गरिएको हो ।

मेरो भ्वाईस कप र मेरो डान्स कप जस्ता रियालिटी शोका लागि २ हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा बरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए ।

मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्ष समेत रहेका गायक शिवाकोटी पनि सोही कार्यक्रमका लागि अमेरिकादेखि नेपाल आएका हुन् ।
मेनुका मेमोरियल फाउण्डेसन गायक शिवाकोटीको आमाको सम्झनामा उनले स्थापना गरेका हुन् । सो अवसरमा बोल्दै बरिष्ठ संचारकर्मी तथा गीतकार नवराज लम्सालले संगीतकार गजमेरको सांगीतिक कर्मको मुक्तकण्ठले प्रशंसा गर्दै भने गजमेरले ४ पुस्तासम्मलाई समेटेर सबै पुस्ताको मन मुटुमा बस्न सफल हुनुभएकोमा हामी निकै खुशी छौँ ।

सो अवसरमा भ्वाइस अफ नेपालका फाइनलिस्ट विकाश लिम्बु, मेनुका राई, कमल राई, मुन प्रसाई, उज्जवल सागर, गायक शिवाकोटी, लगायतका गायक गायिकाहरुले संगीतकार गजमेरकै गीत गाएर सम्मान व्यक्त गरेका थिए । सम्मान कार्यक्रममा संगीतकार गजमेरका गुँरास फुल्यो बनैभरी, मिर्मिरे साँझ सिमसिमे पानी, तिम्रो मनमा लुकेका कुरा, यो दुई थोपा आँशु, बस है आमा, किन बढ्दछ ढुकढुकी लगायतका गीतहरु गुञ्जिएका थिए ।

गजमेरलाई सम्मान व्यक्त गर्ने दुई संस्था मेनुका मेमोरियल फाउण्डेसन गरिब तथा असहाय बालबालिकाको संगीत र शैक्षिक गतिबिधीलाई प्रौत्साहन गर्न अमेरिकामा संचालन गरिएको परोपकारी संस्था हो भने नक्षत्र फाउन्डेशनले नेपालमा भुटानी शरणर्थी बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर