क्यानसँग सन्दिपले भने : म निर्दोष छु, कानुनी उपचारका लागि सहयोग गरिदिनुहस्, लिग सकिनासाथ नेपाल फर्किन्छु — OSNepal

क्यानसँग सन्दिपले भने : म निर्दोष छु, कानुनी उपचारका लागि सहयोग गरिदिनुहस्, लिग सकिनासाथ नेपाल फर्किन्छु

LC (KTM) September 08, 2022 0

काठमाडौं २३ भदौ बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको भन्दै नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् ।

हाल क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् ।

कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपसँग आफूहरु सम्पर्कमा रहेको समेत जानकारी दिए ।

‘हामीले कहिले फर्किने भनेर सोधेका थियौं । उसले म्याच भ्याएर फर्किहाल्छु भनेको छ,’ मल्लले भने । सन्दिपले राम्रो वकिल खोजेर सहयोग गरिदिन आग्रह समेत गरेको उनले बताए ।

एक १७ वर्षीया बालिकाले जबरजस्ती लामिछाने आफुमाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर