नवौँ राष्ट्रिय खेलकुद : कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण — OSNepal

नवौँ राष्ट्रिय खेलकुद : कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

LC (KTM) October 20, 2022 0

कास्की-नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डीमा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको त्रिभूवन आर्मी क्लबले दोहोरो स्वर्ण जितेको छ । बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लबलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण हात पारेको हो ।

पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लबले उपविजेत बन्दै रजत पदकमा चित्त बुझाउनुपरेको छ । प्रतियोगितामा पुरुषतर्फ सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब त्यस्तै महिलातर्फ लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल कांस्यपदक विजेता बने ।

आर्मी सातौँ र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवै समूहको स्वर्ण विजेता हो । यही असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा महिला तथा पुरुष गरी सात प्रदेश र तीन विभागीय गरी १०÷१० टिमको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर