यातायात व्यवसायी धमाधम जनता लुट्दै, सरकार निदाउँदै — OSNepal

यातायात व्यवसायी धमाधम जनता लुट्दै, सरकार निदाउँदै

LC (KTM) October 11, 2022 0

रुषा थापा दशैँ मनाउन उपत्यकाबाट आआफ्ना गाउँघर गएका मानिसहरु अहिले दशैँ मनाएर धमाधम उपत्यका फर्किरहेका छन् । दशैँ मनाउन आफ्नो गाउँघर जाँदा उनीहरुले टिकट वा गाडी नपाएर सरकारले तोकेको भाडा ५ सय थियो भने १५ सय तिरे । साथै यति महंगो भाडा तिरेर पनि उनीहरु थोत्रा, पुराना , कबाडी गाडीमा कुचिएर गए र विघार्थी, अपांग , जेष्ठनागरिकले पनि भाडा छुट पाएनन् । अझै कति मानिसहरु त दशैँ मनाउन आफ्नो गाउँघर जाँदा चालकको लापरबाही वा थोत्रा , पुराना गाडीका कारण मुखको मुखमा समेत पुगे । तर अहिले दशैँ मनाएर उपत्यका वा काठमाडौँ आउँदा पनि उनीहरुले ३ सय रुपैँया तिर्दा पुग्ने बाटोमा ५ सय देखि ६ सय रुपैँयासम्म तिर्नुपरिरहेको छ ।

अहिले आआफ्नो गाउँघरबाट दशैँ मनाएर उपत्यकामा गाडीमा आएका मानिसहरु कलंकी, कोटेश्वर, गौशलामा आदि विभिन्न ठाउँमा यत्तिकै हुन्छन् र उनीहरु यातायात व्यवसायीहरुले आफुलाई चर्को भाडा लिएर ठगेको बताउँछन् । गाडीले त उनीहरुलाई ठग्यो नै तर गाडीबाट झरेपछि बालबच्चा वा विभिन्न सामानहरु साथमा हुने भएका उनीहरु टयाक्सीमा चढ्छन् र टयाक्सीले उनीहरुलाई उत्तिकै ठग्ने गर्छ । हिजो दिउँसोको ३ बजे हेटौँडाबाट टाटा समूहमा चढेर बल्खु आएकी चन्द्रमाया खत्री बताउँछिन् , बल्खुबाट क्षेत्रपाटी डल्लु गएको टयाक्सीले हजार माग्यो । तर पछि उनीले धेरैबेर चालकसँग कुरा गरेपछि उनलाई ६ सयमा लग्यो । तर यसरी मिटरमा यात्रु नबोक्ने टयाक्सीलाई न त ट्राफिकले नै कारबाही गर्छ न त यातायात व्यवस्था विभागले नै अनुगमन गर्छ ।

यदि टयाक्सी मिटरमा जाने हो भने ३ किलोमिटरको बाटो रहेको छ र टयाक्सी चढ्नेबित्तिकै ५० रुपैँया आउँछ र प्रत्येक किलोमिटर ५० रहेको छ । यसरी २ सयदेखि २५० रुपैँया उठ्ने बाटोमा टयाक्सीले उनीसँग पहिला हजार रुपैँया माग्यो र पछि ६ सयमा लग्यो । यो त एउटा उदाहरण पात्र मात्र हो । यसरीनै कलंकी, कोटेश्वर, सातदोबाटो, बानेश्वर आदि विभिन्न ठाउँहरुमा बसबाट झरेका यात्रुहरु टयाक्सी व्यवसायीसँग भाडाका बारेमा मोलमलाइ गरिरहेका हुन्छन् । यात्रु भन्छन्, मिटरमा लैजानुस् तर टयाक्सी व्यवसायी मान्दैन ।

टयाक्सी व्यवसायीहरुको ठगीधन्दा अहिले निकै मौलाएको छ । टयाक्सी व्यवसायीहरुले यसरी मिटरमा यात्रु नबोक्दा र आफ्नो मनमानी गर्दा ट्राफिक प्रमुख मीरा चौधरी के गरेर बसिरहेकी छिन् । के उनी पनि टयाक्सी व्यवसायीसँग पैसा खाएर त बसिरहेकी छैनन् । मानिसहरुले आफुसँग भएको पैसा सबै दशैँमा गाउँघरमा खर्च गरेका हुन्छन् तर दशैँ मनाएर यसरी उपत्यकामा आउँदा पनि यिनै जनतालाई यातायात व्यवसाय र टयाक्सी व्यवसाय ठग्छन् । टयाक्सी व्यवसायीहरुले मानिससँग झोला, बच्चा वा बुढाबुढी देखेपछि पहिला नै मनलागि भाडा माग्छन् र मिटरमा जान मान्दैनन् । तर यसरी व्यवसायीहरुले जनतालाई ठग्दा पनि ट्राफिक महाशाखा र यातायात व्यवस्था विभाग अनुगमन र कारबाही गर्दैन । हिजो बेलुका ७ बजेतिर दोलखाबाट आएको गाडी जडीबुटीमा रोकियो र यात्रुहरु झरे । चालकले जडीबुटीभन्दा उता गाडी जादैँन भनेर मानिसहरुलाई झारेको यात्रु बताउँछन् ।

एक जना महिला गाडीबाट जडीबुटीमा झरिन् र उनीसँग दुईवटा सासाना बच्चा र एक बोरा सामान रहेको थियो । उनीलाई पुरानो बानेश्वरको भीमसेनकोला जानुपर्ने थियो र जडीबुटीबाट पुरानो बानेश्वर भीमसेनकोला गएको टयाक्सीले उनीसँग ७ सय माग्यो । त्यहाँ तीनवटा टयाक्सी रहेका थिए । उनीलाई ७ सय भाडा धेरै महंगो लागेपछि उनीले त्यहँी रहेको अर्को टयाक्सीलाई कतिमा लैजानुहुन्छ भनेर सोधिन् र टयाक्सी चालकले उनीलाई पहिला ६ सय भन्यो र पछि उनीले त्यो टयाक्सी चालकसँग धेरैबेर कुरा गरेपछि ५ सयमा पुप्यायो ।

जडीबुटीबाट पुरानो बानेश्वर भीमसेनकोला बढीमा ४ किलोमिटर रहेको छ तर मिटरमा जाँदा २५० देखि ३०० सय उठ्ने ठाउँमा टयाक्सी व्यवसायीले आफुखुशी भाडा लिइरहेको छ । टयाक्सी व्यवसायीहरुले दिउँसो नै जनतालाई यसरी ठग्छन् भने राति त कति चाहिँ ठग्छन् होला । यिनीहरुले राति त १ किलोमिटरको नै हजार रुपैँयासम्म लिने गर्छन् । यसरी दिउँसो र राति नै टयाक्सीको ठगीधन्दा मौलाएको छ र यसलाई नियन्त्रण गर्न अत्यन्त जरुरी रहेको छ , सरकार ।
अहिले सञ्चालनमा रहेका टयाक्सीहरुले मिटरमा यात्रु बोक्दैँनन् र सरकारले पनि नयाँ टयाक्सीको दर्ता खोल्दैँन । हाल सञ्चालनमा रहेका टयाकसीहरु सबै थोत्रा, पुराना र कबाडी रहेका छन् तर सरकार लक्जरी टयाक्सीको दर्ता खुलाउँदैन । नयाँ टयाक्सीको दर्ता खुलाउन न त सरकार नै ध्यान दिन्छ न त सञ्चारकर्मी नै आवाज उठाउँछन् । टयाक्सीमा अहिले पनि सिण्डिकेट रहेको छ र लामो समयदेखि टयाक्सीको नयाँ दर्ता खुलेको छैन ।

अस्पतालबाट डिस्चार्ज भएका बिरामीहरुलाई पनि यिनीहरुले मिटरमा लग्दँैनन् र आफुखुशी भाडा असुल्ने गर्छन् । यीनीहरुको ठगीधन्दा दिनमा दुई गुना र रातमा चार गुना बढीरहेको छ । पछिल्लो समय टयाक्सीको मात्र ठगीधन्दा नमौलाइ लोकल बस वा माइक्रो बसहरुको पनि ठगीधन्दा मौलाएको छ । सरकारले निर्धारण गरेको लोकल बसको भाडा एक किलोमिटरबाट ५ किलोमिटरसम्म २० रुपैँया रहेको छ तर यिनीहरुले यात्रुसँग २५ देखि ३० रुपैँयासम्म लिने गर्छन् । साथै सिटभन्दा बढी यात्रु हाल्ने, गाडीमा नक्कली सिट हाल्ने , सहचालक र चालकले राम्रो बोलीवचन नगर्ने र पैसा छुट्टा छैन भनेर यात्रुलाई पैसा नै फिर्ता नगर्ने ।

तर यस्तो हुँदा पनि ट्राफिक महाशाखा अनुगमन पनि गर्दैन र कारबाही पनि गर्दैन । यता यिनीहरुले अपांग , विघार्थी वा जेष्ठनागरिकलाई पनि भाडा छुट दिदैँनन् तर ट्राफिकहरु बाटोमा दर्शक भएर हेरेर मात्र बस्छन् । केही गरी यस्ता गाडीहरुलाई ट्राफिकले समातेमा पनि ५ सय रुपैँया लिएर छोड्दिन्छन् । ट्राफिक महाशाखा वर्षमा एक पटक गाडी अनुगमन गर्दैनन् र वर्षभरि नै यातायात व्यवसायीहरु जनता ठग्छन् । वर्षमा एक पटक ट्राफिकले केही गरी गाडीहरुको चेकिङ् गरेमा पनि ५ सय रुपैँया लिएर छोडिन्छ । २०४९ सालदेखि २०७९ सालसम्म ट्राफिकले गल्ती गर्ने सवारीसाधनसँग लिनुपर्ने जरिवानामा वृद्धि भएको छैन । त्यस्तै यता सरकारले यातायात व्यवसायीसँग लिनुपर्ने १५ ओटा चिजहरुमा पनि १५ वर्षले राजस्व अभिवृद्धि भएको छैन तर जनताले यातायात व्यवसायीसँग तिनुपर्ने भाडा भनेचाहिँ ३० पटक नै बढिसकेको छ । सरकारले तोकेको भन्दा बढी भाडा यात्रुले तिर्नुपर्दा र महंगो भाडा तिरेर पनि जोखिमपूर्ण यात्रा गर्नुपर्दा सरकार व्यवसायीलाई कारबाही गर्दैन ।

सरकार चुपचाप बसिरहन्छ भने यातायात व्यवसायी जनता ठगीरहन्छ । दशैँ मनाउन गएका जनताहरु पुराना गाडीमा चढेर दुर्घटनामा परेर मरिरहेका र उनीहरुको घरमा रुवाबासी भइरहेको छ । यसपालिको दशैँमा पनि जनता बढी भाडा र दुर्घटनाको सिकार हुन पुगे । दशैँभरिमा यत्रो सवारीसाधन दुर्घटनामा परेर जनता मरे तर सरकारलाई केही मतलब भएन । साथै लापरबाही गरेर गाडी चलाउने चालक वा यातायात व्यवसायी पनि कानुनको दायरामा ल्याएन । अहिले बाटोमा गुडिरहेका टयाक्सी नै होस् या लोकल गाडी । तीसबै थोत्रा, पुराना , कबाडी र २० वर्ष पुगेका छन् । यस्ता गाडीहरुले गर्दा दुर्घटना पनि बढीरहेको छ र प्रदूषण पनि । तर यी गाडीहरुको बिलबुक ट्राफिकप्रहरीले चेकजाँच गर्दैन । ट्राफिक भन्छ , हामीले २० वर्ष गाडी हटाउने होइन सरकारले हो तर सरकारले २० वर्ष गाडी हटाउने भनेर गरेको निर्णय कार्यान्यन त ट्राफिकले नै गर्ने हो होइन र । पुराना गाडीको कागजपत्र पनि ट्राफिक चेकजाँच नगर्ने अनि जनता मार्ने ।
ट्राफिकहरु भने यातायात व्यवसायीसँग पैसा खाएर पुराना गाडी चलाउन दिने अनि यसको मार तै जहिल्यै जनता भाग्ने । यसको अन्त्य कहिले । पछिल्लो समय यातायात व्यवसायीको ठगीधन्दा मौलाउनुको मुख्य कारण नै ट्राफिक महाशाखा वा प्रहरी प्रशासन कमजोर हुनु हो ।

यातायात व्यवसायीहरुले गाडीमा झुन्डाएर वा कोचाएर यात्रु हाल्दा पनि ट्राफिक महाशाखा त्यस्ता गाडीहरुलाई कारबाही गर्दैन । यदि ट्राफिकले के गरी त्यस्ता गाडीहरुलाई समातेपनि ५ सय रुपैँया लिएर छोड्दिने गर्छ त्यसैले अब ट्राफिक महाशाखाले जरिवाना वृद्धि गर्नुपर्छ । तर ट्राफिकहरु न त अनुगमनमा नै कडाइ गर्छन् न त जरिवाना नै वृद्धि गर्छन् । उनीहरु जनताले तिरेको करबाट तलबभत्ता खान्छन्, पोसाक लगाउँछन् र बाटोमा घाम तापेर बस्छन् ।

अहिले सवारीसाधन दुर्घटना बाटोमा निकै बढिरहेको छ तर बाटोमा न त आकाशे पुल नै छ न त जेब्राक्रस नै । पारिको मानिस वारि र वारिको पारि आउन निकै कठिन छ । सरकारले बनाएको कानुन ट्राफिक प्रहरीहरुले पनि कडा रुपमा कार्यान्यन नगर्दा आज यसको फाइदा यातायात व्यवसायीहरुले उठाइरहेका छन् । ट्राफिक प्रमुख मीरा चौधरीलाई सडकमा आएर सवारीसाधन अनुगमन गर्न लाज लाग्छ तर जनताले तिरेको करबाट तलबभत्ता खान , पोसाक लगाउने र सरकारी गाडी चढ्न तै लाज लाग्दैन ।

ट्राफिकप्रहरीहरुले सवारीसाधनको अनुगमन नगर्दा राज्यको ढुकुटीमा पनि राजस्व आएन र जनताले पनि बढी भाडा तिनुपरिरहेको छ । बुढोपाकाले भन्थे , सरकारी काम कहिले जार्ला घाम । अहिले त्यहँी भएको छ । अहिले पनि बजार व्यवस्थित रहेको छैन र सरकारी कर्मचारीको कार्यशैलीमा परिवर्तन आएको छैन । सरकारी कार्यालयमा जाँदा झप्यालमा जनताको भिड हुन्छ र बाटोमा हेर्दा ट्राफिकप्रहरीहरु घाम तापेर बसिरहेका हुन्छन् । अनि यसरी पनि देशमा विकास हुन्छ त । यातायात व्यवसाय महासंघका नेता र मजदुर संगठनका नेताहरु सिधै ट्राफिक प्रमुख मीरा चौधरीलाई भेटेर फुलमाला लगाइदिन्छन् र यसरी फुलमाया लगाइदिने बित्तिकै ट्राफिक प्रमुख चौधरी मख्ख पर्छिन् र जनता ठग्ने यातायात व्यवसायीलाई कारबाही गर्दिनन् । यता न त यातायात व्यवस्था विभागका महानिर्दैशक टोकराज पाण्डे अनुगमन गर्छन् र उता न त गृहमन्त्री बालकृष्ण खाँण नै अनुगमन कडा गर्छन् ।

अहिलेपनि यातायात व्यवसायीहरुले सरकारले तोकेको भन्दा बढी भाडा यात्रुसँग लिएर दिनहुँ १८ करोड ठग्दा पनि यसको अनुगमन सरकारले गरेको छैन । लोकल गाडीले यात्रुसँग पैसा लिन्छ तर टिकट दिदैँन र लामो रोडका गाडीले टिकट दिए पनि सरकार पक्षको फोन नम्बर राख्दैँन । सरकार भन्छ, गाडी चढेपछि टिकट लिनुपर्छ तर यातायात व्यवसायी टिकट दिदैँन साथै पैसा लिने तर टिकट नदिने यातायात व्यवसायीलाई कारबाही पनि हुदैँन ।

टिकटमा गाडी नम्बर, चालकको नाम, सिट नम्बर ,गाडी दर्ता भएको मिति र यातायात व्यवस्था विभाग वा ट्राफिक महाशाखाको फोन नम्बर राखिदिने हो भने जनता ठगिनबाट त जोगिन्थे । तर सरकार यो पनि गर्दैन । यता भाडाका गाडीमा राखिएका भाडारेट पनि सरकारले निर्धारण गरेको भाडारेट होइन र त्यसमा सरकारपक्षको दस्तखत र फोननम्बर पनि रहेको हुदैँन ।

यातायात व्यवसायीहरुले गाडीमा राखेको भाडालिस्टमा १ किलोमिटरको बाटोलाई ३ किलोमिटर लेखिएको हुन्छ र जनता ठगिने गर्छन् । यिनीहरुले यातायात पालिककै आधारमा भाडालिस्ट तयार पारेका छन् र यातायात पालिककै फोननम्बर राखेका छन् । अहिले गाडी चढेर जनताले तिरेको भाडा महंगो हो कि सस्तो भनेर जनता र सरकार दुवैलाई थाहा छैन । साथै यता टिकट काउण्टरमा पनि सरकारले निर्धारण गरेको भाडालिस्ट राखिएको छैन । यातायात व्यवसायी धामधम जनता लुट्दै ,सरकार निदाउँदै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर