दोस्रो मेलम्ची मेयरकप व्याडमिन्टन प्रतियोगिता : नगरस्तरिय खेल सम्पन्न — OSNepal

दोस्रो मेलम्ची मेयरकप व्याडमिन्टन प्रतियोगिता : नगरस्तरिय खेल सम्पन्न

LC (KTM) October 21, 2022 0

सिन्धुपाल्चोक- मेलम्चीमा जारी जिल्ला स्तरीय दाश्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता अन्र्तगत शुक्रबार मेलम्ची नगरस्तरीय प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा सिनियर तर्फ राजन श्रेष्ठ र राजु सापकोटाको जोडि पहिलो, कुमार सापकोटा र अनिश दुलाल दोश्रो त्यस्तै रुद्रशरण श्रेष्ठ र सुर्दशन दुलाल तथा राजनमान श्रेष्ठ र शैलेश खड्काको जोडिले तेस्रो स्थान प्राप्त गरेका छन् ।  त्यस्तै जुनियर तर्फ रोशन तिवारी र दिपराज तामाङको जोडि पहिलो ,सन्तोष कोइराला र दिपक दुलाल दोश्रो, प्रकाश श्रेष्ठ र क्रान्ती तामाङ तथा हरिकृष्ण दुलाल र नारायण सापकोटाको जोडि तेश्रो भएको मेलम्ची ब्याडमिन्टन एकेडेमीका सचिव ऋषिराम नेपालले जानकारी दिनुभयो ।

प्रतियोगिातमा दुवै तर्फका पहिलो दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार ५ सय ५५, १० हजार ५ सय ५५ र ५ हजार ५ सय ५५ रुपैयाँ नगद सहित प्रमाणपत्र पाउने नेपालले जानकारी दिनुभयो । प्रतियोगितामा भोली जिल्ला स्तरीय प्रतिस्पर्धा हुनेछ । कार्यक्रमको शुक्रबार बिहान वडा नम्बर ११का वडा अध्यक्ष चन्द्रबहादुर तामाङले उद्घाटन गर्नुभएको थियो भने आइतबार नगर प्रमुख आइतमान तामाङले समापन गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर