यी भारतिय कलाकारको श्रीमतीलाई बाँधेर २५० तोला सुन सहित नगद लुटेको आरोपमा नेपाली युवा रमेशको खोजी हुँदै — OSNepal

यी भारतिय कलाकारको श्रीमतीलाई बाँधेर २५० तोला सुन सहित नगद लुटेको आरोपमा नेपाली युवा रमेशको खोजी हुँदै

LC (KTM) November 13, 2022 0

काठमाडौं-

भारतीय कलाकारको श्रीमतीलाई बाँधेर सम्पत्ति लुटेको आरोपमा एक नेपाली युवाको खोजी भइरहेको छ । रमेश नाम गरेका नेपाली नागरिकले ५४ बर्षिय भारतिय कलाकार राधाकृष्णनको श्रीमतीलाई घरमा बांधेर सुन र नगद लुटेको आरोप भारतीय प्रहरीले लगाएको छ ।

यी कलाकारको घरमा घरेलु कामदारका रुपमा कार्यरत रहेको र उनले नै वाहिरबाट अरु २ जना साथीहरु बोलाई घरमा लुटपाट गरेको आरोप लगाइएको छ । राधाकृष्णन घर वाहिर गएको मौका पारेर आफ्ना अरु दुई साथीहरु बोलाई रमेशले राधाकृष्णनकी श्रीमती ४८ बर्षीया राजीलाई बाँधेको बताइएको छ ।

अहिले रमेशको पूरा नाम र नेपालको ठेगाना भने सार्वजानिक गरिएको छेन् । नेपाली नागरिक रमेश र उनको समूहले कलाकारको घरबाट २५० तोला सुनका गहनाहरु ३ लाख नगद लुटेर भागेको बताइएको छ ।राजीलाई बाँधी सकेपछि राजीले नै डरले सुन र नगद सबै देखाइदिएको र रमेश र उनको टीमले लुटेर फरार भएको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर