मानव तस्करी गरेको अपराधमा फिनल्याण्डमा नेपाली दम्पत्तिलाई जेल सजाय, कामदारलाई यति सम्म गरेको खुलासा — OSNepal

मानव तस्करी गरेको अपराधमा फिनल्याण्डमा नेपाली दम्पत्तिलाई जेल सजाय, कामदारलाई यति सम्म गरेको खुलासा

LC (KTM) November 13, 2022 0

युरोप – नेपाली मुलका एक दम्पत्तिलाई फिनल्याण्डको एउटा जिल्ला अदालतले मानव तस्करी गरेको अपराधमा जेल सजाय सुनाएको छ। सजाए पाउनेमा नल्याण्डमा रेष्टुरेण्ट व्यवसायमा संलग्न भएका डिलाराम सापकोटा र उनकी पत्नी रिमा सापकोटा रहेका छन ।

उनीहरुलाई अदालतले फिनल्याण्डमा व्यापार गर्न समेत अदालतले प्रतिबन्ध लगाएको छ। डिलारामले ३ बर्ष ८ महिना जेल सजाय पाएका छने भने उनकी पत्नी रिमाले २ बर्ष १० महिना जेल बस्नुपर्ने बताइएको छ ।

अदालतले फिनल्याण्डको ट्यामपिरे भन्ने ठाउँमा खोलेको रेष्टुरेण्टमा नेपालबाट कामदार ल्याई जवर्जस्ती काममा लगाउने गरेको ठहर गरेको छ। दम्पतीले कामदार माथि ज्याजती गरेको ठहर गरेको छ ।

उनीहरुले कामदारहरुलाई विहान सबेरैदेखि राति अवेरसम्म जवर्जस्ती काममा लगाउने, उनीहरुलाई सातामा एकदिन पनि विदा नदिने र जवर्जस्ती हजारौं युरो रकम आफू र आफन्तका नाममा टान्सफर गर्न लगाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर