एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत वितरण — OSNepal

एनआरएनएको सहयोगमा डोटीका भूकम्प पीडितलाई राहत वितरण

LC (KTM) November 13, 2022 0

काठमाडौँ-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ । एनआरएनएको आयोजना तथा कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिएको हो ।

जिल्ला विपत् व्यवस्थापन समितिमार्फत भूकम्प पीडितलाई रु साढे तीन लाखभन्दा बढी बराबरको राहत सामग्री सहयोग गरिएको एनआरएनएका कार्यकारी अध्यक्ष रवीना थापाले जानकारी दिनुभयो । एनआरएनएले खाद्यान्न र लत्ताकपडा उपलब्ध गराएको छ । एनआरएनएले २०७२ सालको गोरखा भूकम्पबाट पीडितलाई विभिन्न जिल्लामा सहयोग गरेको थियो । यही कात्तिक २२ गते गएको भूकम्पबाट डोटीमा ६ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर