अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या ५.६ प्रतिशतले बढ्यो, १२औं ठूलो संख्या नेपालीको — OSNepal

अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या ५.६ प्रतिशतले बढ्यो, १२औं ठूलो संख्या नेपालीको

LC (KTM) November 15, 2022 0

काठमाडौं, २९ कात्तिक :अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या ५.६ प्रतिशतले बढेको छ । इन्स्टीच्युट अफ इन्टरनेसनल एजुकेसन (आइआइई) र अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ एजुकेसन एन्ड कल्चरल अफेयर्सले जारी गरेको ‘ओपन डोर्स रिपोर्ट २०२१/२२’ मा नेपाली विद्यार्थीको संख्या बढेको देखाइएको हो ।

अघिल्लो वर्षको तुलनमा वर्ष २०२१/२२ मा अमेरिकामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या ५.६ प्रतिशतले बढेको हो । यो वृद्धिसँगै अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या ११ हजार ७७९ पुगेको छ ।

प्रतिवेदनमा अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीको सूचिमा नेपाल १२औं नम्बरमा रहेको छ । अर्थात अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा १२औं ठूलो संख्या नेपालीको छ ।

प्रतिवेदनमा अमेरिकामा उक्त वर्ष दुई सय देश तथा क्षेत्रका ९ लाख ४० हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेको उल्लेख गरिएको छ । अन्तर्राष्ट्रिय विद्यार्थीका कारण गत वर्ष अमेरिकाले ३२ अर्ब अमेरिकी डलर आर्जन गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर