ओमानविरुद्ध जर्मनीको संघर्षपूर्ण जित — OSNepal

ओमानविरुद्ध जर्मनीको संघर्षपूर्ण जित

LC (KTM) November 17, 2022 0

काठमाडौं, १ मंसिर- कतार विश्वकप अघि मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १–० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा ८०औं मिनेटमा विंगर निक्लास फुलक्रगले निर्णायक गोल गरेका थिए ।

जर्मनीले एसियन राष्ट्रविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । खेलमा बढि बल पकड बनाएपछि जर्मनी फिनिसिङमा चुकेको हो । विश्वकपको समूह इ मा रहेको जर्मनीले २३ नोभेम्बरमा जापानसँग खेल्दै विश्वकप सुरुआत गर्नेछ । समूहमा कोस्टा रिका, स्पेन समेत छन् ।

राति नै भएका अन्य मैत्रीपूर्ण खेलमा पोल्यान्डले चिलीलाई १–० अन्तरले, क्रोयसियाले साउदी अरेबियालाई १–० र स्विडेनले मेक्सिकोलाई २–१ अन्तरले पराजित गरेको छ ।

यो पनि पढ्नुहोस : इटालीको जितमा ग्रिफोको दुई गोल -फिफा मैत्रीपूर्ण खेलमा इटालीले अल्वानीयालाई ३–१ अन्तरले पराजित गरेको छ । बुधबार राति युरो च्याम्पियन इटालीलाई जिताउन २९ वर्षीय भिन्सेन्जो ग्रिफोले दुई गोल गरेका थिए । यसैगरी जिओभानी डि लोरेन्जोले एक गोल गरे । अल्भानीयाका आर्डिअन इस्माज्लीले एक गोल गरे ।

इटाली १–० ले पछि परेको स्थितिमा खेलमा पुनरागमन गरेको थियो । आर्डिअनले खेलको १६औं मिनेटमा गोल गर्दै अल्वानीयालाई अग्रता दिलाएका थिए । रोजेन्जोले २०औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका हुन् । २५ र ६४औं मिनेटमा ग्रिफोले गोल गर्दै इटालीलाई जित दिलाएका थिए । कतार विश्वकपमा भने दुबै टोली बाहिर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर