मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका १११ नेपाली स्वदेश फर्किए — OSNepal

मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका १११ नेपाली स्वदेश फर्किए

LC (KTM) November 17, 2022 0

काठमाडौँ – पछिल्लो चार महिनामा मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका एक सय ११ नेपाली स्वदेश फर्किएका छन् । अवैधरुपमा मलेसियामा रहेको बेला अध्यागमनको नियन्त्रणमा पुगेका उनीहरु क्वालालम्पुरस्थित नेपाली दूतावासको सहयोगमा नेपाल फर्कन सफल भएका हुन् ।

आज मात्रै मलेसियाको विभिन्न अध्यागमन सेन्टरमा रहेका ११ नेपाली स्वदेश फर्किएका छन् । उनीहरुलाई दूतावासको सहयोगमा क्वालालम्पुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याइएको थियो । गत साउनदेखि कात्तिक मसान्तसम्म मलेसियाका विभिन्न अध्यागमन सेन्टरमा रहेका एक सय ११ नेपाली राजदूतावासको सहयोगमा उद्धार भइ स्वदेश फर्किएको मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले जानकारी दिनुभयो ।

सो अवधिमा मलेसियामा अवैधानिक भई बिरामी÷अलपत्र भएका ५२ नेपाली नागरिक स्वदेश फर्केको दूतावासले जनाएको छ । उनीहरुलाई दूतावासको सहयोगमा अध्यागमनसम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न गरी नेपाल फर्काइएको हो । मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएका नेपालीलाई दूतावासले समन्वय गरी स्वदेश फर्काउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर