नेपालले सुरू गर्‍याे जवाफी ब्याटिङ — OSNepal

नेपालले सुरू गर्‍याे जवाफी ब्याटिङ

LC (KTM) November 18, 2022 0

काठमाडौं, २ मंसिर -संयुक्त अरब इमिरेट्स (युएई) ले तेस्रो एक दिवसीय खेलमा  दिएकाे एक सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ थालेकाे छ ।

यसअघि कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रनको योगफल खडा गरेको थियाे । ९३–९ को स्थितिमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेका थिए ।

खानले ६३ बला सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोड्दा बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन जोडे ।  त्यस्तै अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडे भने रोहन मुस्तफाले ५६बलम २ चौका मद्दतमा २४ रन जोडे ।

नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिए ।तीन एक दिवसीय खेलको शृंखला १-१ को बराबरीको स्थितीमा रहेको छ । पहिलो खेल युएईले ८४ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो ।दुवै टोली आजको खेल जित्दै शृंखला आफ्नो पक्षमा पार्न चाहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर