इक्वेडरसँग आयोजक कतार पराजित — OSNepal

इक्वेडरसँग आयोजक कतार पराजित

LC (KTM) November 21, 2022 0

काठमाडौं, ५ मंसिर:इनर भ्यालेन्सियाले दुई गोल गरेपछि कतार विश्वकप फुटबलको इतिहासमै पहिलो पटक उद्घाटन खेलमा आयोजक टोली पराजित भएको छ
कप्तान भ्यालेन्सियाको दुई गोल गरेपछि दक्षिण अमेरिकी टोली इक्वेडरले कतार विश्वकप २०२२ को उद्घाटन खेलमा आइतबार राति आयोजक कतारलाई २- ० को नतिजामा हरायो ।

१९३० बाट सुरु भएको विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिताको २१औं संस्करणसम्म उद्घाटन खेलमा आयोजकले पराजय भोग्नु परेको थिएन ।तर, दोहाको अल बेत रंगशालामा इक्वेडरको जितमा भ्यालेन्सियाले १६ र ३१औं मिनेटमा गोल गरेका थिए । कतार गोलकिपर साद अब्दुल्लाह अल सेबले आफैलाई लडाएवापत प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै भ्यालेन्सियाले इक्वेडरलाई अग्रता दिलाएका थिए ।

त्यसको १५ मिनेटपछि एन्जेलो प्रेसियाडोको क्रसलाई उत्कृष्ट हेड गोलमा परिणत गर्दै भ्यालेन्सियाले इक्वेडरलाई २-० को सहज अवस्थामा पुर्याए ।त्यसअघि तेस्रो मिनेटमै भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए । तर भिडियो सहायक रेफ्री (भिएआर)को सहयोगबाट रेफ्रीले त्यसलाई अफसाइड करार दिएका थिए । जितसँगै समूह ए बाट इक्वेडरले महत्वपूर्ण तीन अंक जोडेको छ । कतार भने विना अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर