आज नेपाल आउदै आदित्य नारायण झा — OSNepal

आज नेपाल आउदै आदित्य नारायण झा

LC (KTM) November 25, 2022 0

काठमाडौं – बलिउड गायक आदित्य नारायण झा नेपाल आउने भएका छन् । उनले नेपाल आएपछि पशुपतिनाथको पनि दर्शन गर्ने बताइएको छ ।खास गरी उनी आगामी शनिबार १० मंसिर मा ठमेलको क्लब फ्यारेनहाइटमा आयोजना हुने ‘लाईभ कन्सर्ट’ मा आफ्नो प्रस्तुति दिन नेपाल आउने भएका हुन् ।श्रेष्ठका अनुसार गायक झाले कन्सर्टमा भारतीय गीतसँगै नेपाली गीतहरू पनि प्रस्तुत गर्ने छन् ।

क्लब फ्यारेनहाइटमा गायक झाको कन्सर्ट हेर्नका लागि सोहि दिन क्लब फ्यारेनहाइट बाट टिकट लिन सकिने श्रेष्ठले बताएका छन् ।कन्सर्टका लागि आदित्य आज नेपाल आउन लागेका हुन् ।

सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका झाले नेपाली फिल्म ‘कुसुमे रुमाल २’ मार्फत पाश्र्व गायकको रुपमा डेब्यु गरेका थिए ।आदित्य उदित नारायण झाका छोरा हुन् ।

यो पनि : पढ्नुहोस् : आलिया भट्ट र रणवीर कपुरले छोरीको नाम राखे राहा:. आलिया भट्टले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक विशेष पोस्ट सेयर गरेकी छिन् । पोष्टमा आलियाले फ्यानहरूलाई आफ्नो सानो परीको पहिलो झलक पनि देखाएकी छिन् । आलियाको तस्बिरमा रणवीर र आलियाले आफ्नी राजकुमारीलाई काखमा समातेको देख्न सकिन्छ ।

तस्बिरमा दम्पतीकी छोरीको टाउको मात्र देखिन्छ । तस्बिर धमिलो छ, तर आलिया९रणवीरकी छोरीको पहिलो झलक पाएपछि फ्यानहरूको खुसीको सीमा रहेन।आलियाले आफ्नी छोरीको नामको अर्थ पनि फ्यानहरुलाई बताइन् । आलियाले पोस्टमा लेखेकी छिन् – राहा भनेको ईश्वरीय मार्ग हो ।

यसका साथै अभिनेत्रीले विभिन्न भाषामा छोरीको नामको अर्थ पनि बुझाएकी छिन् ।आलियाले थप लेखिन्– राहा उनको नाम जस्तै छ । हामीले यो सबै महसुस गर्यौं जब हामीले उहाँलाई पहिलो पटक समात्यौं। आलियाले आफ्नी छोरीलाई पनि आफ्नो जीवनमा आएकोमा धन्यवाद दिएकी छिन् ।

आलियाले लेखिन्( राहा, हाम्रो परिवारमा जीवन ल्याउनु भएकोमा धन्यवाद। हाम्रो जीवन भर्खरै सुरु भएको जस्तो लाग्छ। आलिया भट्टको पोस्टमा फ्यान र सेलिब्रेटीले जोडीलाई बधाई दिइरहेका छन् । आलिया रणवीरकी छोरीको नाम पनि फ्यानले मन पराइरहेका छन् । आलियाको पोस्टमा सेलेब्सले पनि आफ्नो मायाको वर्षा गरिरहेका छन् । आलियाको पोष्टमा अनुष्का शर्मा, सोनाक्षी सिन्हा, रिद्धिमा कपुरले हार्ट इमोजी बनाएर आफ्नो प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर