मेलिना राईको गीतमा उषा र सुजनको यस्तो रोमान्स — OSNepal

मेलिना राईको गीतमा उषा र सुजनको यस्तो रोमान्स

LC (KTM) December 05, 2022 0

काठमाडौं- मेलिना राई र सुरेन बिसीको स्वरमा नयाँ गीत ‘तिमी र म’ सार्वजनिक भएको छ। स्याड भर्सनको सार्वजनिक गीतमा शब्द तथा संगीत समेत गायक बिसीको सुन्न सकिन्छ। गीतलाई एरेन्ज सनिर खातीले र मिक्सिंग कृष्ण कुमार महर्जनले गरेका हुन्। गीतको म्युजिक भिडियोमा उषा उप्रेती र सुजन खतिवडा देखिएका छन्।

युबराज वाइबाले निर्दशन गरेको म्युजिक भिडियोमा भारत रेग्मीको सम्पादन/कलर ,निसल पौडेलको छायांकन ,कबिन खड्काको मेकअप समाबेश छ।

गायक सुरेन बिसीको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतलाई दर्शक स्रोताले रुचाउनेमा आफु बिस्वस्त रहेको गायक बिसी बताउछन। गीतलाई सुशील चौगाई र संजय शर्माले निर्माण गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर