जर्मनीकी २२ वर्षीया जस्मिन सेलबर्गले जितिन मिस इन्टरनेसनलको उपाधि, नेपालकी न्यान्सी खड्का अन्तिम १५ मा पनि अटाइनन् — OSNepal

जर्मनीकी २२ वर्षीया जस्मिन सेलबर्गले जितिन मिस इन्टरनेसनलको उपाधि, नेपालकी न्यान्सी खड्का अन्तिम १५ मा पनि अटाइनन्

LC (KTM) December 13, 2022 0

काठमाडौं । मिस इन्टरनेसनल २०२२ को उपाधि जर्मनीले जितेको छ । जर्मन प्रतियोगी वर्षीया जस्मिन सेलबर्गले मिस इन्टरनेसनलको उपाधि हात पार्न सफल भएकी हुन् । ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

जसमा जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषित भएका थिए । नेपालबाट यसपटक न्यान्सी खड्काले प्रतिस्पर्धा गरेकी थिइन् ।

इभिनिङ गाउन, स्वीमसुट र अन्य क्रियाकलापमा राम्रो प्रतिक्रिया प्राप्त गरे पनि नेपाल अन्तिम १५ मा पनि प्रवेश गर्न सकेन ।सियाबाट जापान, अफ्रिकाबाट काबो भर्डी, युरोपबाट फिनल्याण्ड, ओसियानाबाट न्युजिल्याण्ड र उत्तर अमेरिकाबाट अमेरिका कन्टिनेन्टल क्वीन घोषित भए ।

उज्वेकिस्तानले नेसनल कस्ट्युम, पेरुले इभिनिङ गाउन, बेलायतले स्वीमसुट र इक्वेडरले मिस फोटोजेनिक विधामा जित दर्ता गरे । यसपटक नेपालले हिमाली चरा मुनालबाट प्रभावित भएर नेसनल कस्ट्युम डिजाइन गरेको थियो । बालबालिकाको शिक्षादेखि मानसिक स्वास्थ्यको मुद्दालाई भिडियो प्रस्तुतिमा देखाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर