रमाइलो मेला तथा सांस्कृतिक महोत्सव : सर्वाधिक राशिको पुरुष भलिवल प्रतियोगिता — OSNepal

रमाइलो मेला तथा सांस्कृतिक महोत्सव : सर्वाधिक राशिको पुरुष भलिवल प्रतियोगिता

LC (KTM) December 16, 2022 0

सुर्खेत, १ पुस । जाजरकोट सदरमुकाममा यही पुस ११ देखि १६ गते सम्म सञ्चालन हुने रमाइलो मेला तथा सांस्कृतिक महोत्सवमा खुला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

उद्योग वाणिज्य संघ जाजरकोटको आयोजनामा सञ्चालन हुने महोत्सवमा अहिलेसम्मकै ठूलो पुरस्कार राशिको भलिवल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

महोत्सवमा पुरुष खुल्ला भलिवलमा विजेताले २ लाख ५ हजार ५५५ पुरस्कार पाउने छ भने उपविजेताले १ लाख २५ हजार ५५५ पुरस्कार पाउने उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीले जाजरकारी दिए ।

यस्तै, तेस्रो स्थान प्राप्त गर्ने टिमले ५० हजार ५५५ पुरस्कार पाउने छ । दर्ता शुल्क १० हजार रहेको छ । चौथो जाजरकोट महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर