बिश्वकपबाट चम्किएका अर्जेन्टिनाका जुलियन बाल्यकालदेखि नै थिए मेस्सीका डाइहार्ट फ्यान — OSNepal

बिश्वकपबाट चम्किएका अर्जेन्टिनाका जुलियन बाल्यकालदेखि नै थिए मेस्सीका डाइहार्ट फ्यान

LC (KTM) December 16, 2022 0

विश्वकपमा चम्किएका खेलाडी हुन् अर्जेन्टिनाका जुलियन अल्भारेज । उनले अर्जेन्टिनालाई फाईनल सम्म पुर्याउन निक्कै ठुलो सहयोग गरेका छन् । उनले नकाउटचरणका महत्वपुर्ण खेल देखि नै उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराउँदा अल्भारेजले महत्वपुर्ण दुई गोल गरे । जुलियन अल्भारेज एक बहुमुखी फरवार्ड रहेका छन् ।

छरितो र फुर्तिलो शरीर फ्रन्टलाइनमा जहाँसुकै बाट खेल्न सक्षम छन् अल्भारेज। जहाँ उनको आवश्यकता पर्छ, उनी त्यहाँ उपस्थित हुन्छन् । बिजुली जस्तै छिटो, आफ्नो दाहिने खुट्टाले आकर्षक नियन्त्रण राख्ने, अक्सर अप्ठ्यारो बेलामा रूपान्तरण हुनसक्ने, तिव्र पास र वान टच फुटबल खेल्ने शैली र दृष्टिको साथ अल्भारेज एक राम्रो लिङ्क–अप खेलाडी हुन्। उनको ड्रिब्लिङ र टाइट स्पेसहरूमा चालबाजी गर्ने क्षमता उत्कृष्ट छ। अल्भारेज धेरै मेहनती खेलाडी हुन् ।

बलको वरिपरि दौडिरन्छन् र बलियो प्रेसको नेतृत्व गर्न सक्षम छन्। यी सबै विशेषताहरूले उनलाई आधुनिक खेलको लागि उत्तम फरवार्ड बनाउँने पक्का भएको छ । अब यिनै अल्भारेज मेस्सीका डाइहार्ट फ्यान हुन् भन्ने कुरा कमै लाई थाहा छ । जुलियन अल्भारेजले लियोनल मेस्सीलाई पूजा गर्छन् । अर्थात ’आइडल’ मान्छन् । करिब एक दशक अघिको तस्बिरमा कलिला अल्भारेजले आफ्नो आइडलसँग फोटो खिच्न पाउँदा मुस्कुराएको तस्बिर अहिले भाइरल बनिरहेको छ ।

१० बर्षपछि डिसेम्बर १३ मा उनले विश्वकपको सेमिफाइनलमा उनै मेस्सीको जादुई असिस्टबाट गोल गरे । अल्भारेजले उनको बाल्यकालमा मेस्सीलाई पूजा गर्नेदेखि अहिले मैदानमा उनिसँगै साझेदारी गर्नेसम्मको लामो यात्रा गरेका छन्। अल्भारेजको जन्म मेस्सीको जन्मस्थल रोजारियोबाट ३ सय ५० किलोमिटर टाढा रहेको सानो सहर काल्चिनमा भएको थियो।

अर्जेन्टिनामा अन्यत्र जस्तै क्याल्चिनमा पनि फुटबल सांस्कृतिक रुपले अभिन्न अंग हो । युवा अल्भारेज पनि फुटबलको लागि पागल थिए । बाल्यकालमा उनको लागि सबैभन्दा बहुमूल्य सम्पत्ति आफ्नो शरीरमा हर्ल्याङ्ग हुने अर्जेन्टिनाको ठुलो जर्सी हुन्थ्यो।

११ वर्षको उमेरमा स्पेनिस जायन्ट रियल म्याड्रिडका लागि ट्रायल दिँदा अल्भारेजले आफ्नो प्रतिभाको चमक देखाइसकेका थिए। केवल उनको सानो उमेरले उनलाई अर्जेन्टिनामै राख्यो । किनकि नयाँ स्पेनी एफए कानूनले क्लबलाई अन्य देशका बालक खेलाडीलाई अनुबन्ध गर्न गाह्रो बनाएको थियो।

१६ वर्षको उमेरमा युवा अल्भारेजलाई दक्षिण अमेरिकाको सबैभन्दा ठूलो क्लब र अर्जेन्टिनी फुटबलका ’बिग–टु’ मध्ये एक रिभर प्लेटले अनुबन्ध गर्यो । प्राइमरा डिभिजनमा खेल्न आवश्यक पर्ने कठोरता विकास गर्दै प्रतिभा देखाउन अल्भारेजको लागि यो राम्रो प्लेटफर्म थियो। रिभर प्लेटसँगको आफ्नो समयमा अल्भारेजले कोपा लिबर्टाडोरेस, कोपा अर्जेन्टिना र प्राइमरा डिभिजन जस्ता अन्य उपाधिहरू जिते।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर