स्पेनिस स्टार सर्जियो बुस्केटद्धारा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा — OSNepal

स्पेनिस स्टार सर्जियो बुस्केटद्धारा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

LC (KTM) December 16, 2022 0

बिश्वकप फुटबलमा निराशाजनक नतिजा निकाले पछि ३४ बर्षिय स्पेनिस स्टार सर्जियो बुस्केटले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । निराशाजनक नतिजापछि नैतिकता देखाउँदै बुस्केटले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । ३४ वर्षिया खेलाडीले सामाजिक सञ्जालमार्फत १५ वर्षको अन्तराष्ट्रिय खेल जिवनलाई टुङ्गयाउने निर्णयमा पुगेका हुन् ।

उनले आफ्ना सहकार्मी खेलाडी, अफिसियल, स्टाफ, समर्थक र परिवारलाई खेल जिवनलाई सफल बनाउन मदत गरेकोमा धन्यवाद दिएका छन् । उनले नयाँ प्रशिक्षकको नेतृत्वमा स्पेनले अन्तराष्ट्रिय फुटबलमा राम्रो नतिजा निकाल्ने विश्वास ब्यक्त गर्दै शुभकामना समेत दिएका छन् । स्पेनबाट उनले १ सय ४३ खेलमा मैदान उत्रिएका थिए ।

उनले सन् २०१० को विश्वकप र सन् २०१२ को युरो कपको उपाधि स्पेनबाट जितेका थिए । बुस्केटले बार्सिलोनाबाट ब्यवसायीक फुटबल खेल्दै आएका छन् । उनले नयाँ क्लबको विषयमा समेत अर्को महिना निर्णय गर्ने बताएका छन् । उनी पछिल्लो समय बार्सिलोनाबाट अमेरिकन क्लब इन्टर मियामी जाने प्रयासमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर