अष्ट्रेलियाको चर्चित बिग बास लिगमा हारको नयाँ कीर्तिमान कायम, सिड्नी थन्डर्स १५ रनमै अलआउट — OSNepal

अष्ट्रेलियाको चर्चित बिग बास लिगमा हारको नयाँ कीर्तिमान कायम, सिड्नी थन्डर्स १५ रनमै अलआउट

LC (KTM) December 17, 2022 0

अष्ट्रेलियाको चर्चित बिग बास लिग बीबीएल मा हारको नयाँ कीर्तिमान कायम भएको छ । सिड्नी थन्डर्स एडिलेड स्ट्राइकर्ससँग १५ रनमै अलआउट भएको छ । यो टि-ट्वान्टी क्रिकेट इतिहासकै सबैभन्दा कम योगफल हो । जारी १२ औं संस्करणको बीबीएलको पाँचौं खेलमा यो किर्तिमान बनेको हो ।

यसअघि टि-ट्वान्टी क्रिकेटमा सबैभन्दा कम योगफल २०१९ मा टर्की चेक रिपब्लिकनविरुद्ध २१ रनमा अलआउट भएको थियो । एडिलेटले दिएको १ सय ४० रनको विजयी लक्ष्य पछ्याउँदै मैदान छिरेको सिड्नी ५.५ ओभरमा १५ रनमा अल आउट भयो ।

सिड्नी १ सय २४ रनको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।सिड्नीका लागी सर्वाधिक रन ब्रेन्डन डगेटले ४ रन जोडे । टोलीका लागि पाँच खेलाडीले शुन्य रनमा नै आउट भए । एडिलेटका लागि हेनरी र्थोनटनले सर्वाधिक ५ तथा वास अगरले ४ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर