आँफैले चलाएको कारमा निदाएपछि डिभाइडरमा ठोक्किँदा क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते — OSNepal

आँफैले चलाएको कारमा निदाएपछि डिभाइडरमा ठोक्किँदा क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते

LC (KTM) December 30, 2022 0

काठमाडौं । भारतका चर्चित क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।

बिबिसीका अनुसार २५ वर्षीय क्रिकेटर पन्त सवार कार शुक्रबार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा गम्भिर दुर्घटना भएको हो । कार दुर्घटनामा परेर गम्भिर बनेका उनलाई रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ ।

आफ्नो घर जाँदै गर्दा बाटोमा दुर्घटनामा परेका पन्त असार कारले रुर्कीको नरसन सीमामा हमादपुर झालको मोडमा उनको मर्सिडीजले नियन्त्रण गुमाएर रेलिङमा ठोक्किएपछि कारमा आगो लागेको र पल्टिएको हो ।

कार चलाउँदा पन्त निदाएकाले उनको कारले नियन्त्रण गुमाएको प्रहरीले जनाएको छ । दुर्घटनापछि पन्त जलिरहेको कारको झ्याल फुटाएर बाहिर निस्केको बताइएको छ । उनी दुर्घटना हुँदा गाडीमा एक्लै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर