गृहमन्त्री लामिछानेले दिए सरुवा बढुवाका लागि नेताहरूको घर नधाउन प्रहरीलाई निर्देशन — OSNepal

गृहमन्त्री लामिछानेले दिए सरुवा बढुवाका लागि नेताहरूको घर नधाउन प्रहरीलाई निर्देशन

LC (KTM) December 30, 2022 0

काठमाडौं, १५ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजाने प्रहरीलाई निर्देशन दिएका छन् ।

नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुगेका गृहमन्त्री लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान निर्देशन दिएका हुन् । उनले कानुन र विधिसम्मत् प्रहरीको बढुवा र सरुवा हुने भन्दै सोहीअनुसार आचारण देखाउन निर्देशन दिएका हुन् । 

‘उपप्रधान तथा गृहमन्त्रीज्यू आज प्रहरी प्रधान कार्यालयमा निरीक्षणका लागि आउनु भएको थियो,’ प्रहरी प्रवक्ता टेकप्रसाद राईले भने, ‘प्रहरीको सरुवा बढुका कानुन र विधिसम्मत् हुने गृहमन्त्रीज्यूले बताउनुभयो ।’ 

कानुन र विधिसम्मत् प्रहरीले गर्ने कार्यमा मन्त्रालयको सहयोग रहने र कुनै पनि हस्तक्षेप नहुने गृहमन्त्री लामिछानेले बताएका प्रवक्ता राईले जानकारी दिए । 

कामको शिलशिलाबाहेक राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका अधिकारीसँग विभागीय अनुमतिबिना नभेट्न प्रहरीलाई  निर्देशन दिएको भोलिपल्ट उपप्रधान तथा गृहमन्त्री लामिछाने प्रहरी प्रधान कार्यालयमा पुगेका हुन् । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर