बेलायतको भब्य मन्दिरमा ज्योतीको तिज भिडियोको छायांकन, हेर्नुहोस् फोटोफिचर — OSNepal

बेलायतको भब्य मन्दिरमा ज्योतीको तिज भिडियोको छायांकन, हेर्नुहोस् फोटोफिचर

LC (KTM) July 04, 2021 0

काठमाडौँ । कोरोना महामारीबाट विस्तारै पार पाउन लागेका बेला तिजको रमझम सुरु हुन लागेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गइरहेका बेला देश विदेशमा तिज गीतहरुको छायांकनका दृश्यहरु देखिन थालेका बेला बेलायतमा शनिबार प्रदेशी छोरीको तिज बोलको गीतको भिडियोको छायांकन सम्पन्न भएको छ ।

लोकप्रिय गीतकार ज्योती गुरुगंको शब्द शृजनामा तयार भएको गीतको भिडियो बेलायतको अल्पर्टनस्थित विशाल श्री बलभव निधी मन्दिरमा छायांकन सम्पन्न भएको छ । उक्त भिडियोको शुभमुर्हत बेलायतस्थित नेपाली दुतावासका काउन्सुलर डिसिएम श्रीमती रोशल खनानले गर्नुभएको थियो ।

सो अवसरमा खनालले परवासबाट नेपाली कला संस्कृति झल्काउन तथा प्रर्वदन गर्न यस्ता सांस्कृतिक भिडियोहरुले अझै टेवा पुर्याउने भन्दै निर्माण यूनिटलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । उहाँले यस्ता सांस्कृतिक गतिविधिमा दुतावासको पनि सदैव सहयोग रहने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।

उहाँले नजिकिँदै गरेको तिज पर्वको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदी बहिनीहरुलाई शुभकामना ब्यक्त गर्नुभयो । गायिका सुनिता दुलालको स्वर रहेको गीतमा मिसेस यूके नेपाल आस्था जोशी, बिनु लामिछाने, मोडल निरु कोइराला, लगायतका करिब डेढ दर्जन महिला दिदीबहिनीहरुको अभिनय रहेको छ ।

भिडियोमा नृत्य निर्देशन सरु रानाको रहेको छ भने छायांकन, सम्पादन र निर्देशक संचारकर्मी कुशल श्रेष्ठको रहेको छ । भिडियो गीतकार ज्योतीकै आफ्नै च्यानल जेजी कृयशनबाट छिट्टै नै रिलिज गरिने निर्माण यूनिटले जनाएको छ । गीतकार गुरुगले यसअघि बेलायतमा नै छायांकन गरिएका २ वटा भिडियो बजारमा ल्यासकेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर