चितवनको पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिमखेती प्रहरीले गर्यो नष्ट — OSNepal

चितवनको पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिमखेती प्रहरीले गर्यो नष्ट

LC (KTM) January 06, 2023 0

चितवन- जिल्लाको पहाडी क्षेत्रमा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ । राप्ती नगरपालिकामा २० बिघामा लगाइएको गाँजा र सात कठ्ठामा लगाइएको अफिम नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीको नेतृत्वमा गएको टोलीले दुई दिन लगाएर गाँजा र अफिम नष्ट गरेको हो ।

राप्ती नगरपालिका–११ स्थित थाकलटार, बराइनटार, डिहीटार, रेवतीखोला र वडा नं १२ स्थित तिरुवा, बड्यालपोखरी, होङपुङ, म्यातराङ र च्यात्राङमा अवैधरूपमा लगाएको गाँजा र अफिम नष्ट गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर