लोसपाको कार्यकारिणी समितिको बैठक सुरु — OSNepal

लोसपाको कार्यकारिणी समितिको बैठक सुरु

LC (KTM) January 08, 2023 0

काठमाडौँ, २४ पुस -नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा पार्टीको धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी बैठकमा यही पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे पार्टीका नेताहरुको धारणा बनाउन बैठक बोलाइएको लोसपाका कार्यकारिणी सदस्य डा सुरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

“बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, निर्वाचनको समीक्षा, पार्टीको मधेश प्रदेशको परिमार्जनलगायत विषयमा छलफल हुनेछ”, उहाँले भन्नुभयो । पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेताहरु सहभागी हुनुहुन्छ । लोसपाको प्रतिनिधिसभामा चार जना सांसद हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर