नेपाल टी ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको सिआईबीको निष्कर्ष — OSNepal

नेपाल टी ट्वान्टी लिगमा स्पट फिक्सिङ भएको सिआईबीको निष्कर्ष

LC (KTM) January 24, 2023 0

नेपाल टी ट्वान्टी लिगमा फिक्सिङ भएको केन्द्रीय अनुसन्धान ब्यूरोले निष्कर्ष निकालेको छ । सीआईबीले आज पत्रकार सम्मेलन गर्दै लिगमा स्पट फिक्सिङ भएको दाबी गरेको छ । सीआईबीले स्पट फिक्सिङको आरोपमा पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल आलमलाई हिजो नै पक्राउ गरिसकेको छ ।

छानबिनमा महबुबले कम्तिमा दुई खेलाडीबाट स्पट फिक्सिङको प्रयास गरेको प्रमाण भेटिएको सीआईबीले जानकारी दिएको छ । महबुबले प्रतियोगिता दौरान आदिल आलमलाई एउटा नो बल र एउटा बाइड बल फाल्न एप्रोच गरेको र उनले खेलेको कम्तिमा दुई खेलमा सोहो प्रकृतिको खेल खेलेको सीआईबीको दाबी रहेको छ ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महबुब आलमले कम्तिमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको सिआईबीले जनाएको छ । छानबिनमा एक नेपाली खेलाडीलाई नेपाली व्यक्तिले अप्रोच गरेको, एक विदेशी खेलाडीलाई व्यवस्थापक टिमका सदस्यबाट अप्रोच भएको र टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले एक सेशनमा निर्धारित रनमात्र बनाई स्पट फिक्सिङ गरेको देखिएको सीआईबीले बिज्ञप्ति मार्फत जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर