एमबाप्पे घाइते भएर पेनाल्टीमा चुके पनि पीएसजीले मार्यो बाजी — OSNepal

एमबाप्पे घाइते भएर पेनाल्टीमा चुके पनि पीएसजीले मार्यो बाजी

LC (KTM) February 02, 2023 0

काठमाडौं -फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पीएसजी विजयी भएको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपेलियरलाई ३(१ गोल अन्तरले विजयी भएको हो । पीएसजीलाई जित दिलाउन फाबियन रुइज, लिओनल मेसी र वारेन जैरे एमेरीले गोल गरे ।

मोन्टपोलिएरका एर्नाअड नोर्दिनले एक गोल फर्काए । एमबाप्पेको पेनाल्टी मोन्टेपिलरका गोलकिपरले रोके । २१औं मिनेटमा घाइते एमबाप्पेले मैदान छाड्नुपर्‍यो । दोस्रो हाफमा भने पीएसजीले तीन गोल गर्यो ।खेलको ५५ औं मिनेटमा फाबियन रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

७२ औं मिनेटमा लियोनल मेस्सीले गोल गरेपछि पीएसजी २-० ले अघि रह्यो । खेलको ८९ औं मिनेटमा नोर्डीनले गोल गर्दै मोन्टपेलियरलाई २(१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा वारेन इम्रीले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए । वारेन पीएसजीको इतिहासमा गोल गर्ने कान्छा खेलाडी बने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर