सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई — OSNepal

सन्दिप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई

LC (KTM) February 03, 2023 0

काठमाडौं, २० माघ -नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको पहिलो सुनवाई आज हुने भएको छ ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दिप बिरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो । जसमाथी आज पहिलो सुनुवाइ हुने भएको हो ।

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए।

उच्च अदालतको आदेश पछि रिहा भएका सन्दिपलाई पुन: नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघको निर्णय भएको पर्सिपल्ट अर्थात आज शुक्रवार सर्वोच्चमा पहिलो सुनवाई हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर