नागरिक उड्डयन प्राधिकरणलाई फुटसलको उपाधि — OSNepal

नागरिक उड्डयन प्राधिकरणलाई फुटसलको उपाधि

LC (KTM) February 08, 2023 0

काठमाडौँ-नागरिक उड्डयन प्राधिकरण ‘ए’ ले १३औँ सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसल प्रतियोगिताको उपाधि जितेको छ । सार्वजनिक संस्थान खेलकुद विकास सङ्घ नेपाल (पेस्डान) द्वारा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा नागरिक ‘ए’ ले नेपाल आयल निगम ‘बी’ लाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

नागरिक उड्डयन ‘ए’ को जितमा सुमित पराजुली र सुजन भारतीले समान १–१ गोल गरे । यता आयल निमग ‘बी’ का लागि भने राम विश्वकर्माले १ गोल फर्काए । भृकुटीमण्डपमा भएको फुटसलमा उपाधि विजेतालाई रु २५ हजार तथा उपविजेता टोलीलाई रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजक पेस्डानका उपमहासचिव रहनुभएका फुटसल संयोजक प्रशान्तबहादुर श्रेष्ठले जानकारी दिनुभयो । दुईदिने फुटसल प्रतियोगितामा विभिन्न १४ टोलीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर