उपाधीका लागि भोली बंगलादेश संग भिड्दै नेपाली टोली — OSNepal

उपाधीका लागि भोली बंगलादेश संग भिड्दै नेपाली टोली

LC (KTM) February 09, 2023 0

बंगलादेशमा जारी साफ यू २० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले भोलि बिहीबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले उपाधिका लागि साँझ पौने ६ बजे घरेलु टोलीको सामना गर्नेछ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ । तर, घरेलु टोलीविरुद्ध जित निकाल्न नेपाललाई सहज हुनेछैन । नेपालका मुख्य प्रशिक्षक यम गुरुङले फाइनलमा घरेलु टोलीलाई फाईदा हुने भएपनि कडा प्रतिस्पर्धा गर्ने बताए । ुआयोजक टिमलाई फाईदा छ । तर, हामी विश्वस्त छौँ की राम्रो फाइट गर्छौं प्रि म्याच कन्फरेन्समा गुरुङले भने ।

बंगलादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले फाइनल प्रतिस्पर्धात्मक हुने बताए । राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर