१४ पटकको च्याम्पियन पीएसजी फ्रेन्च कपबाट बाहिरियो, मेसी र नेइमारको उत्कृष्ट प्रहारलाई मार्सेका रक्षकले विफल बनाइदिए — OSNepal

१४ पटकको च्याम्पियन पीएसजी फ्रेन्च कपबाट बाहिरियो, मेसी र नेइमारको उत्कृष्ट प्रहारलाई मार्सेका रक्षकले विफल बनाइदिए

LC (KTM) February 09, 2023 0

काठमाडौं -१४ पटकको विजेता कीर्तिमानी पेरिस सेन्ट जर्मेन (पीएसजी०) बुधबार फ्रेन्च कपबाट बाहिरिएको छ। पिएसजीले अन्तिम १६ को खेलमा मार्सेसँग २–१ ले पराजित हुँदै बाहिरिएको हो। खेलको ३१ औं मिनेटमा एलेक्सिस सान्चेजले पेनाल्टीमार्फत गोल गर्दै मार्सेलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई १(१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ५७ औं मिनेटमा रुस्लान मालिनोभास्कीले गोल गर्दै मार्सेलाई २-१ को जित दिलाए ।

मेसी र नेइमारको आक्रमणलाई मार्सेको बलियो रक्षापङ्तीले रोक्दा पिएसजी स्तब्ध बन्यो।फ्रान्सेली लिग वानमा मार्से शीर्ष स्थानमा रहेको पीएसजी भन्दा ८ अंकले पछि दोस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर