छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु — OSNepal

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

LC (KTM) March 03, 2023 0

काठमाडौं, १९ फागुन । नवलपरासी र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–२ मा मोटरसाइक दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका १७ का ३४ वर्षीय शैलेश यादवको मृत्यु भएको छ ।

सोही दुर्घटनामा घाइते भएका २७ वर्षीय आशिषकुमार यादवको युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ ।  प्रदेश ३ ०३–००१ प ४९६३ नम्बरको मोटरसाइक अनियन्त्रित भएर पल्टिएको थियो । चालक को भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ ।

उता कञ्चनपुरको  बेलौरी नगरपालिका ६ मा हिजो ट्याक्टर दुर्घटना हुँदा चालक बेलौरी नगरपालिका ३ का ४५ वर्षीय शिवचरण चौधरीको मृत्यु भएको छ ।

से १ त १८३५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर