३० वर्षे सेवावधि हटाउने कसरतमा आइजिपी सिंह — OSNepal

३० वर्षे सेवावधि हटाउने कसरतमा आइजिपी सिंह

LC (KTM) March 12, 2023 0

काठमाडौं । राष्ट्रिय किताबखाना ९प्रहरी० ले प्रहरी महानिरीक्षक ९आइजिपी० धीरजप्रताप सिंहलाई आगामी चैत ११ गतेबाट लागु हुनेगरी अवकाशपत्र थमाएको छ ।किताबखानाले सिंहसहित २०४९ चैत ११ गते सेवा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० हरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षक ९डिआइजी० हरू नलप्रसाद उपाध्याय, मसउद आलम खाँ र मोहनकुमार आचार्यलाई एक साताअघि नै अवकाशसम्बन्धी पत्र पठाएको हो ।

प्रहरी नियमावली, २०७१ को नियम १२७ ९घ० मा रहेको ३० वर्षे सेवावधिलाई आधार बनाएर अवकाशपत्र पठाइएको किताबखानाका निर्देशक एवं सूचना अधिकारी सहदेव रायमाझीले बताए । ‘सामान्यतया अवकाश हुनुभन्दा ६ महिना अगाडिदेखि नै अवकाश तयारी प्रक्रिया सुरु हुन्छ,’ निर्देशक रायमाझीले भने, ‘यसै प्रक्रियाअन्तर्गत अवकाशमा जानुभन्दा केही समयअगाडि नै हामीले सम्बन्धित कार्यालयमा त्यसबारे सूचित गर्छौंं। सोहीअनुसार आइजिपी र उहाँसँग भर्ना भएका प्रहरी कर्मचारीको अवकाशसम्बन्धी जानकारीपत्र प्रहरी प्रधान कार्यालयमा पठाइसकेका छौं ।’ नागरिक दैनिकमा प्रकाशित छ ।प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवावधिका आधारमा किताबखानाले अवकाश हुने मिति तोकर पत्र पठाउँदा पनि आइजिपी सिंह भने नियमावलीको प्रावधान हटाएर कार्यकाल थप दुई वर्ष बढाउने ‘लबिङ’ मा लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर