नितु लावती 'मैना' र गायक संगम शेर्मा लिम्बुको सहकार्यमा तयार लभ पर्ला जस्तो छ बोलको गीत रिलिज — OSNepal

नितु लावती ‘मैना’ र गायक संगम शेर्मा लिम्बुको सहकार्यमा तयार लभ पर्ला जस्तो छ बोलको गीत रिलिज

LC (KTM) April 27, 2023 0

काठमाडौँ । लभ पर्ला जस्तो छ बोलको रोमान्टिक प्रेम गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक संगम शेर्मा लिम्बु र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीतको भिडियो नेपाल मिडिया ग्रुपको लाइन एप्सका माध्यमबाट सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा गीतसँग सम्बन्धित स्रष्ट्राहरुको सहभागीता रहेको थियो । सार्वजनिक गीतमा शब्द तथा संगीत बहुचर्चित संगीतकार राजनराज शिवाकोटीको रहेको छ ।

दिवेश राईको एरेन्ज, किशोर थापाको मिक्स तथा मास्टरिगं रहेको छमछम नचाउने शैलीको लोकपप गीतमा चर्चित नायिका प्रियंका कार्की र नायक नाजिर हुसेनको अभिनय रहेको छ ।

रोमान्टिक शैलीमा निर्माण गरिएको गीतले वैँशालु उमेरमा प्रेममा पर्नु अघि एक जोडीले देखाउने रमाइला दृश्यहरुलाई कलात्मक शैलीमा चित्रण गरिएको छ ।

इजरायलमा कार्यरत नितु लावती ‘मैना’को निर्माणमा तयार भएको सार्वजनिक गीतको भिडियोको निर्देशन दिनेश माङ्मु लिम्बुको रहेको छ । राजीव समरको कोरियोग्राफी रहेको लभ पर्ला जस्तो छको सम्पादन र कलर अनिल राना, छायांकन अर्जुन तिवारीले गरेका हुन् ।

भिडियो नेपाल मिडिया युट्युब च्यानलबाट बजारमा आएको हो । जुन रिलिज भएसँगै राम्रो प्रतिक्रिया आइरहेको नेपाल मिडिया यूनिटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर