हिजो प्रचण्ड भेट्न खुमलटार पुगेका विप्लव आज माधव नेपाल भेट्न कोटेश्वर पुगे — OSNepal

हिजो प्रचण्ड भेट्न खुमलटार पुगेका विप्लव आज माधव नेपाल भेट्न कोटेश्वर पुगे

LC (KTM) July 15, 2021 0

काठमाडौं-एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज भेटवार्ता गरेका छन् । नेपाललाई भेट्न विप्लव कोटेश्वरस्थित निवास पुगेका विप्लवले छिल्लो राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयबस्तुमा केन्दीत रहेर छलफल गरेको बताइएको छ ।

भेटवार्ताका लागी विप्लव सँगै नेता धर्मेन्द्र बाँस्तोला पनि नेपाल निवास पुगेका थिए । यसअघि बुधबार विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए ।

प्रचण्ड निवास पुगेका नेकपाका महासचिव नेत्रबिक्रम चन्दले आफ्ना कतिपय माग अझै पुरा नभएको भन्दै आफ्ना कार्यकर्ता रिहाइलगायत समसामियक राजनीतक विषयमा छलफल गर्न खुमलटार पुगेका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग ३ बुँदे सहमति गरेपछि शान्तिप्रक्रियामा आएपनि विप्लवको माग पूरा भएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर