प्रचण्ड नेपाल र विप्लवबिच संयुक्त भेटवार्ता — OSNepal

प्रचण्ड नेपाल र विप्लवबिच संयुक्त भेटवार्ता

LC (KTM) July 15, 2021 0

काठमाडौ ३१ असार । नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लब)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तालाई तीव्रता दिएका छन् ।

हिजो बुधबार प्रचण्ड निवास पुगेका विप्लव आज नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल निवास कोटेश्वर पुगेका छन् । उनीसँगै अध्यक्ष प्रचण्ड पनि नेपाल निवास पुगेका हुन् । तीनै जनाको आज बिहान भेटवार्ता भएको हो ।

ओली सरकारको पालामा प्रतिबन्धित भएको विप्लव ओली सरकारकै पालामा तीन बुँदे सहमति गरी स्वतन्त्र राजनीतिमा आएको थियो । आफ्नो माग पुरा नहुँदै ओली सरकार ढलेपछि विप्लवले विपक्षीदलसँगको भेटवार्तालाई तीव्रता दिएको हो ।

भेटवार्तामा समसामयिक विषयवस्तुमा छलफल भएको भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर