नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्क र अध्यक्ष प्रचण्डबिच भेटवार्ता — OSNepal

नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्क र अध्यक्ष प्रचण्डबिच भेटवार्ता

LC (KTM) July 15, 2021 0

काठमाडौं ३१ असार । नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ञप्रचण्डझ सँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

अध्यक्षले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै वोल्कलाई स्वागत गरेका थिए । भेटका क्रममा प्रचण्डले नेपालका लागि पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरेका थिए ।

सो अवसरमा अध्यक्ष प्रचण्डले राजदूत व‍ोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुको साथै भेटवार्तामा राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताएकी थिइन् । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर