प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले तत्काल बधाई तथा भुभकामना नदिने — OSNepal

प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले तत्काल बधाई तथा भुभकामना नदिने

LC (KTM) July 15, 2021 0

काठमाडौं ३१ असार । मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली कांग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल बधाई तथा शुभकामना नदिने बुझिएको छ ।

नियम अनुसार पदभार ग्रहण गरेका देउवाले एक महिना भित्र विश्वासको मत लिनुपर्ने प्रवाधान भएकाले देउवाले विश्वासको मत पाएपछि मात्र मोदीले बधाई तथा शुभकामना दिने जनाइएको छ ।

हिजो मात्रै नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भनेर देउवा निवास मै गई बधाई तथा शुधकामना दिएका थिए । स्रोतका अनुसार मोदी देउवाको वश्वासको मतमा पखाईमा छन् । स्रोतका अनुसार आज भारतीय विदेशमन्त्री एस। जयशंकरले प्रधानमन्त्री देउवालाई फोनमार्फत बधाई दिने जनाइएको छ ।

देउवा सर्वोच्चको परमादेश पछि पाँचौ पटक प्रधानमन्त्री भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर