पार्टी एकताको लागि देउवालाई समर्थन गरेको हस्ताक्षर समेत फिर्ता लिने तयारीमा लागेका रावल अब कता नेपाल कि ओली ? — OSNepal

पार्टी एकताको लागि देउवालाई समर्थन गरेको हस्ताक्षर समेत फिर्ता लिने तयारीमा लागेका रावल अब कता नेपाल कि ओली ?

LC (KTM) July 15, 2021 0

काठमाडौं ३१ असार । नेकपा एमाले एकताको लागि अन्तिमसम्म पनि प्रयास गरिरहेका उपाध्यक्ष भीम रावलअब प्रधानमन्त्री शेरबहादु देउवालाई विश्वासको मत दिन्छन् या ओलीतिर लाग्छन् यो चासोको विषयमा बनेको छ ।

पार्टी एकताको लागि देउवालाई दिएको हस्ताक्षर फिर्ता लिने गरी १० बुँदे समझदारी भएको थियो । तर सहमति भएको भोलिपल्टै सर्वोच्च अदालतले देउवाको नाममा परमादेश जारी गरिदियो । पार्टी एकताको गठित कार्यदलका माधव नेपालको तर्फबाट संयोजक समेत रहेका रावल पहिल्लो पटक निवर्तमान प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा भएको भेटपछि एकातको लागि हदैसम्म लचिलो भएका थिए ।

अब नेपालले त देउवालाई मत दिने विश्वास भइरहेको छ । भने पार्टी एकताको लागि कार्यदलमा सहभागी रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईले कुन समुहमा जान्छन् यो देउवा सरकारको लागि महत्वको विषय बनेको छ । यो समुहको निणर्यले देउवा सरकारलाई चुनौती थपिदिएको छ ।

गोकर्ण बिष्ट र योगेश भट्टराई सुरु देखि नै एकताको पक्षमा भएकाले अब देउवालाई मत देलान् भनेर विश्वास गर्न गर्न सक्ने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर