६ महिनाभित्र नेपाली कांग्रेसले यो सर्वोच्चको फैसलाले हाम्रो पार्टी विभाजित भयो, हाम्रो पार्टी टुक्रियो भन्ने छ : भट्टराई — OSNepal

६ महिनाभित्र नेपाली कांग्रेसले यो सर्वोच्चको फैसलाले हाम्रो पार्टी विभाजित भयो, हाम्रो पार्टी टुक्रियो भन्ने छ : भट्टराई

LC (KTM) July 16, 2021 0

काठमाडौं १ साउन । नेकपा ९एमाले० का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सर्वोच्चको फैसलाविरुद्ध देश व्यापी रुपमा अभियान चलाउने समेत बताएका छन् ।

आज बिहान एक कार्यक्रम मार्फत सचेतक भट्टराईले अदालतको फैसलाले नेकपा एमालेलाई कुनै फरक नपार्ने भन्दै एमाले अब झन् बलियो शक्तिको रपमा उदाउने दावी गरेका हुन् । जनताको बहुदलीय जनवाद मान्ने पार्टी भएकोले सर्वोच्च अदालतको फैसला स्विकारेको तर उक्त फैसलाले नेपाली राजनीतिमा दुरगामी प्रभाव पार्ने भट्टराईको तर्क रहेको छ ।

कार्यक्रममा भट्टराईले अब माधव नेपाललाई कारवाही नगर्ने पनि जनाएका छन् । उनले भने,‘जसले अर्को पार्टीलाई मतदान गर्नुहुन्छ, भोट हाल्नुहुन्छ, यसलाई बलियो बनाउनुहुन्छ, विपक्षी गठबन्धनको बैठकमा जानुहुन्छ भनेपछि किन निकाल्नुपर्यो, उहाँ आँफै गैसक्नुभयो ।’ सर्वोच्चको फैसलाले नेपाली राजनीतिमा सांसदहरु जता लागेपनि हुने वातावरण र्सिजना गरेको भट्टराईको ठहर छ ।

आज कसै कसैले तत्कालको न्यानो महसुस गरेका होलान्, सर्वोच्च अदालतको फैसलाले हामीलाई राम्रो गर्यो, सरकारमा पुर्याईदियो भन्ने सम्झिएका होलान्, तर ६ महिनाभित्र नेपाली कांग्रेसले यो फैसलाले हाम्रो पार्टी विभाजित भयो, हाम्रो पार्टी टुक्रियो, हाम्रो पार्टीलाई यति ठूलो असर पर्यो भन्ने मा भट्टराईको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर